शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
आर्थिक

निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन सकेनः अध्यक्ष ढकाल

admin
admin

काठमाडौं, १६ भदौ । निजी क्षेत्रको सुझावलाई वेवास्ता गरेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गुनासो गरेका छन् । आज आर्थिक पत्रकार समाज सेजनको २५ औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन नसकेको दाबी गरे ।

अहिले देशमा राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा यस्तो अवस्था आएको जिकिर गरे ।

उनले भने, ‘अहिले राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने बीचमा जुन उचाई भयो । त्यो चाँहि कताकता हामीले दिएको सुझाव व्यवास्ता गरेको कारणले हो भन्ने राख्न चाहान्छु ।’

उनले राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम सफल भएता पनि राज्यको तर्फबाट राम्रो नतिजा नआउँने भएकोले सहकार्यको आवश्यकता औलाए ।

उनले भने, ‘राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा पनि यो अवस्था आएको हो भन्ने लाग्छ । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होईन भन्ने भन्दा पनि सबै जोडीएर जान सकिएन भने, कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला । तर राज्यको तर्फबाट आउँनु पर्ने रिजल्ट आउँदैन् ।’

betoffice

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्