बलात्कार गरेको आरोपमा एकजना पक्राउ
काठमाडौ, २४ भदौ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई आइतबार दिउँसो आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

