शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

धरानेहरुले पनि मनाए काठमाडौंमा तीज

admin
admin

काठमाडौं । काठमाडौंमा रहेका सुनसरीका धरानेहरुको साझा संगठन ‘हामी धराने’ ले तीजको अवसरमा गत शनिबार शुभकामना आदानप्रदान गरेको छ ।

तीजको शुभकामना आदानप्रदानसँगै धरानेले वृहत कार्यक्रम गरी दर पनि खाएका छन् । एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा धराने महिला दिदिबहिनीहरुलाई आमन्त्रण गरी दर खुवाइएको संस्थाका तदर्थ समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । संयोजक श्रेष्ठले तीजको दर खाने कार्यक्रमले उपत्यकामा छरिएर रहेका धरानबासीहरुलाई एकै ठाउँमा भेला गरेर दुःखसुख साटिएको बताए । कार्यक्रम सफल पार्न बिनोद तखाछे र रोजेस शाक्यको विशेष भूमिका रहेको थियो ।

धरानका चेली गायिकाद्वय मथुरा श्रेष्ठ र लोचन भट्टराईको प्रमुख आतिथ्यतामा २ सयभन्दा बढी धराने महिला दिदीबहिनीहरुलाई दर खुवाइएको जानकी बज्राचार्यले जानकारी दिइन् । गायिकाहरुको मिठो गीतमा सहभागीहरु छमछमी नाचेका थिए । कार्यक्रममा धराने अग्रज शक्ति थापा, मनमोहन कर्माचार्यलगायतको उपस्थिति रहेको थियो । रिता लिम्बूले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक समितिका सदस्य शशी शर्मा पौडेलले उपस्थित सहभागीलाई स्वागत गरेकी थिइन् । कार्यक्रमलाई सफल बनाउन संयोजक समितिका सदस्यहरु सरिता गौतम, शशी शर्मा, सुमी कर्माचार्य, पुजन न्यौपाने, जानकी बज्राचार्यलगायतको विशेष भूमिका रहेको जनाइएको छ ।

कार्यक्रमलाई सफल पार्न सनराइज ज्वेलर्स, रत्न आभूषण ज्वेलर्स, धरान गहना गृह प्रालि, सिद्धि दन्तकाली ज्वेलरी, श्री पिण्डेश्वरी ज्वेलरी, सौभाग्य ज्वेलर्स र नगमा (विशाल बजार) ले सहयोग गरेका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्