आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

राष्ट्रपतिबाट माफी कसले पाउने, कसले नपाउने ?

admin
admin

काठमाडौं, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ३४ जनालाई दिइएको कैद मिनाहालाई लिएर अहिले उनको आलोचना भएको छ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई दिइएको माफीको विषयमा पनि राष्ट्रपतिमाथि प्रश्न उठेको थियो ।

सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले चौधरीको कैद मिनाहा गरिदिएका थिए । यो घटनामा सरकारको भूमिका प्रमुख रहे पनि सरकारभन्दा बढी राष्ट्रपति आलोचनाको घेरामा परे ।
masterbetting

वर्तमान सत्ता गठबन्धनमा रहेको दल नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिएर सरकार टिकाउन प्रधानमन्त्री लागेको आरोपसमेत लगाइएको छ । रेशमकी श्रीमती तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी केन्द्रीय सरकारमा भूमीसुधारमन्त्री रहेकी छिन् । यस प्रकारका घटनालाई पार्टीहरुले सधैं आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाउने गरेका छन् । रेशमलाई छुटाउन यो पार्टीले पटकपटक पहल गर्दै आएको थियो ।

कुनै समय कैलाली पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रेशम निर्दोष रहेको बताएका थिए तर रेशमको रिहाइपछि ओलीले सरकार जिम्मेवारविहीन भएको आरोप लगाए । ओलीले कैलालीको टिकापुर घटनाका प्रमुख व्यक्ति रेशमलाई माफी दिएर सरकारले कानुनको धज्जी उडाएको भन्नसमेत ओलीले भ्याए । यो पार्टीले जुनसुकै दलसँग सहकार्य गर्ने कुरा गर्दा पनि सबैभन्दा पहिले रेशमको रिहाइको शर्त नै अघि सार्ने गरेको थियो । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई भनेको छ । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई भनेको छ । साथै माफी मिनाहका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पनि राष्ट्रपति कार्यालयले माग गरेको छ ।

गृह मन्त्रालयले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको छ । तर कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो । गृह मन्त्रालयले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्