शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

आजदेखि डिभी भर्न पाइने

admin
admin

काठमाडौं, असोज १७ । आजदेखि सन् २०२५ का लागि डाइभर्सिटी भिसा (डीभी) भर्न मिल्ने भएको छ ।

नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा चयन गरिने हुँदा प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ । आज रातिदेखि नोभेम्बर ७ तारिख (२०८० कात्तिक २१ गते) राति १० बजेर ४५ मिनेटसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिने छ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्