शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

सामाजिक सद्भाव फैलाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

admin
admin

काठमाडौं, असोज १७ । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको नेपालगञ्जमा सामाजिक सद्भाव फैलाउन आग्रह गरेको छ ।

मंगलबार हिन्दु र मुसलमान समुदायबीच विवाद सिर्जना हुँदा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा र उच्छृंखल गतिविधि भएका थिए । त्यसक्रममा ५ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए । आयोगको नेपालगञ्ज कार्यालयले सो घटनाको स्थलगत अनुगमन गरेको छ ।

संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्दन गर्ने उल्लेख गरिएको आयोगले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्