शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

शौचालय जाने क्रममा चिप्लिएर थापा मगरको मृत्यु

admin
admin

दाङ, कात्तिक १० । दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा आज नेपाली सेनाका लेस नायकको ज्यान गएको छ ।

ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिए । लमजुङको मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउँसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिए । सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्