बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
आर्थिक

थाई एयरवेजले आजबाट नेपालमा उडान सुरु गर्यो

admin
admin

काठमाडौं, १२ कात्तिक । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आजदेखि नेपालमा पुनः उडान सुरू गरेको छ ।

थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण २५ मार्च २०२० देखि काठमाडौंका लागि उडान बन्द गरेको थियो । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न शहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई थप सहज हुने थाइ एयरवेजले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्