शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

महासचिव गुटेर्रेस फर्किए

admin
admin

काठमाडौं, १५ कात्तिक । नेपालको चार दिने भ्रमण सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज अमेरिका फर्किएका छन् ।

महासचिव गुटेरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गरेका हुन् । कतार एयरवेजको उडानमार्फत महासचिव गुटेरेस न्युयोर्क फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गुटेर्रेसले हिजो संघीय संसदलाई सम्बोधन गरेका थिए । नेपाल भ्रमणको क्रममा उनी विभिन्न स्थानमा पुगेका थिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्