शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
आर्थिक

भोलि शनिबार काठमाडौंका केही ठाउँमा ४ घण्टा विदुत आपूर्ति बन्द हुने

admin
admin

काठमाडौं, १७ कात्तिक । सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा भोलि शनिबार चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले बिहान ७ बजेदेखि ११ बजेसम्म विदुत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज जारी गरेको सूचनामा लेखिएअनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्