सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

भूकम्पका कारण त्रिपालमुनि बसेकी बालिकाको मृत्यु

admin
admin

काठमाडौं, १४ मंसिर । जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ ।

कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । चिसोका कारण उनलाई निमोनिया भएको जनाइएको छ । निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
गएको कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बसिरहेको अध्यक्ष बस्नेतले बताए । केही दिनअघि रुकुम पश्चिमका दुइजनाको पनि चिसोले मृत्यु भएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति गरेको थियो ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्