बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
अन्तर्राष्ट्रिय

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन

admin
admin

काठमाडौं, १४ मंसिर । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ ।

किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा आज बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । भियतनाम युद्धविरामका लागि पहल गरेकाले सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए । उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्