मंगलबार, ११ कार्तिक २०८३
ब्रेकिङ न्युज
समाचार

एमालेको मेची–महाकाली अभियान आजबाट सुरु

admin
admin

काठमाडौं, १४ मंसिर । नेकपा एमालेले बैतडीको झुलाघाटबाट आजबाट मेची–महाकाली अभियान सुरु गरेको छ ।

अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ का लागि यो यात्राले योगदान गर्ने बताए ।
झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुने छ ।

यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्