बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

जन्म र मृत्युको कस्तो अनौठो संयोग, सतवार्षिकी मनाउन खोज्दाखोज्दै भट्टराइको निधन

admin
admin

दमक, चैत्र १५ । दमक –८ झापाका हेमलाल भट्टराइको शतवार्षिकी मनाउन खोज्दाखोज्दै निधन भएको छ ।

दिवंगत भट्टराइका नाती दिपक भट्टराइका अनुसार हेमलालको चैत्र ४ गते आइतबार बिहान पौने ५ बजे निधन भएको हो । ‘हजुरबुबाको शतवार्षिकी कार्यक्रम गर्ने भव्य तयारी भइरहेको थियो तर उहाँको निधन भयो’ भट्टराइले भने ‘ जुन मितिमा उहाँको जन्म भएको थियो त्यही मितिमा निधन भयो, यो कस्तो संयोग भयो ।’ दिवंगत भट्टराइका अनुसार उनको जन्म १९८० साल चैत्र ४ गते आइतबार बिहान पौने ५ बजे नै भएको थियो ।

‘हजुरबुबाले हामीलाई म चैत्र ४ गते आइतबार पौने ५ बजे म जन्मिएको हुँ भन्नुहुन्थ्यो निधन पनि त्यही दिन र त्यही समयमा भयो’ नातिनी बुहारी आश्मा भट्टराइले भनिन् ‘एक सय वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने तयारी केही दिनदेखि हुँदै थियो तर हजुरबुबाले छोडेर जानुभयो ।’

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्