शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

मन्त्री बुढाले स्थानीय तहसँग समन्वय गर्ने

admin
admin

काठमाडौं, चैत्र १५ । सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाको फोहोरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानीय तहसँग समन्वय गर्ने बताएका छन् ।


फोहोरको विषय धेरै समयदेखि विवादित बन्दै आएको छ । बन्चरेडाँडाँका स्थानीयले फोहोर थुपार्न नदिने भन्दै आएका छन् । उनीहरुले यसअघि आफूहरुसँग भएको सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । मन्त्रालयमा हिजो भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजनासमेत कार्यान्वयन गर्न पनि मन्त्री बुढाले निर्देशन दिएका छन् । दीर्घकालीन कार्ययोजना अन्तर्गत ल्याण्डफिल साइट प्रभावित क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता दिन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरिने मन्त्री बुढाले बताए ।

बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन र वार्ताबाट समाधान खोज्नसमेत आग्रह गरेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्