सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

उम्मेदवार छान्न नेपाली कांग्रेसको बैठक बस्दै

admin
admin

काठमाडौं, चैत्र २१ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बैठक बस्न लागेको पार्टीले जनाएको छ । यसअघि पटक पटक बसेको बैठकले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

इलाम –२ मा कांग्रेसले डम्बरबहादुर खड्का र भेषराज आचार्यमध्ये एक जनालाई उम्मेदवार बनाउन लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले खड्काको पक्षमा अडान लिएका छन् । शेखर कोइराला पक्षले भनें आचार्यको पक्षमा अडान लिएको छ । दुबैले आफ्नो उम्मेदवार भए चुनाव जित्न सकिने दाबी गर्दै आएका छन् । हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिएको थिएन । २०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भएका सुवासचन्द्र नेम्वाङले निर्वाचन जितेका थिए । नेम्वाङको भदौमा निधन भएको थियो ।

वैशाख १५ गते बझाङको (क) प्रदेशमा पनि निर्वाचन हुने भएको छ । इलामका खड्का नेम्वाङसँग त्यो निर्वाचनमा १ सय १४ मतले पराजित हुनुपरेको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्