शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

सप्तगिरी एनपीएस विश्वविद्यालय र शताक्षी एजुकेशनल फाउण्डेशनबीच साझेदारी

admin
admin

काठमाडौं, जेठ २७ । बैंग्लोरको सप्तगिरी एनपीएस विश्वविद्यालय र काठमाडौंको शताक्षी एजुकेशनल फाउण्डेशनबीच साझेदारी कायम भएको छ । २०८१ जेष्ठ १८ गते हार्दिक होटल बागबजारमा भएको एक विशेष कार्यक्रमले केही महत्वपूर्ण समझदारी गरेको छ ।

कार्यक्रममा यी दुई शैक्षिक संस्थाहरुबीचको दृढ साझेदारी र नेपाली विद्यार्थीहरुलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि साझा प्रतिबद्धता व्यक्त गरिएको शताक्षी एजुकेशनल फाउण्डेसनका संस्थापक तथा सिइओ निर्देशक उमेश ढुंगेलले बताए । सप्तगिरी एनपीएस विश्वविद्यालयका निर्देशक डा. कुनाल सक्सेनाले विश्वविद्यालयको सुरक्षामा, गुणस्तरीय शिक्षा र सस्तो शुल्कमा प्रतिबद्धता रहेको स्पष्ट पारे । उनले नेपाली विद्यार्थीहरुको लागि विभिन्न पाठ्यक्रमहरुमा समग्र प्याकेजको घोषणा गरे । ईन्जिनियरिङ पाठ्यक्रमको पूरा प्याकेज ७ लाखदेखि ७.५ लाखसम्म राखिएको छ, जसमा सबै खर्चहरु समावेश छन् । त्यसैगरी, बीबीए ३ लाख, बीकम २ लाख, र एमबीए ४ लाख रुपैंया मात्रमा पढाई हुने जनाइएको छ । यी सस्ता प्याकेजहरु गुणस्तरमा सम्झौता नगरी उच्च शिक्षा पहुँचयोग्य बनाउने उद्देश्यले डिजाइन गरिएको जनाइएको छ । शताक्षी एजुकेशनल फाउण्डेशनले नेपालमा सप्तगिरी एनपीएस विश्वविद्यालयको आधिकारिक प्रतिनिधिको रुपमा काम गर्ने छ । ढुंगेलले अरु शैक्षिक परामर्शदातासँग पनि सल्लाह गरेर आफू अघि बढ्ने जनाएका छन् ।

शताक्षीले व्यावसायिक परामर्शदाता र विद्यार्थीहरुलाई भर्ना प्रक्रियामा सहयोग गर्ने छ । शताक्षी एजुकेशनल फाउण्डेशनका संस्थापक र सीईओ उमेश ढुंगेलले विद्यार्थीहरु र तिनका परिवारहरुलाई समर्थन गर्ने फाउण्डेशनको प्रतिबद्धता रहेको जनाए । उनले फाउण्डेशनले नेपालमा स्थापना भएदेखि नै थापर विश्वविद्यालय, एसआरएम विश्वविद्यालय, महर्षि मार्कण्डेश्वर विश्वविद्यालय, जीआईईटी विश्वविद्यालय, भगवंत विश्वविद्यालय, केआर समूहका संस्था, एक्सेल समूहका संस्था, राजीप समूहका संस्थालगायत भारतका शीर्ष विश्वविद्यालयहरुमा आफू र आफ्नो संस्था स्थापित भइसकेको बताएका छन् । उनले विद्यार्थीलाई सहज हुने प्रकारका विभिन्न विकल्पका बारेमा पछि पनि छलफल हुने सक्ने जनाएका छन् ।

ढुंगेलले कर्तव्य र चाहनाबीचको भ्रम हटाएर नेपाली विद्यार्थीहरुलाई सस्तो, विश्वव्यापी माग भएका पाठ्यक्रमहरु उपलब्ध गराउन सँगै मिलेर काम गर्ने कुरामा जोड दिए । ढुंगेलले बैंगलोरमा सस्तो शुल्कमा पाठ्यक्रमहरुको उपलब्धता भएकोले उच्च शिक्षाको लागि त्यो उपयुक्त स्थान रहेको बताए । उनले विद्यार्थीका साथै अभिभावकलाई पनि यो राम्रो अवसर भएको बताए ।

शताक्षी एजुकेशनल फाउण्डेशनको विगत १८ वर्षदेखि सञ्चालनमा रहेको छ । फाउण्डेसनले सहज रुपमा विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिँदै आएको दाबी गरेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्