सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

इन्लाइटनमा विशेष शैक्षिक मेला

admin
admin

काठमाडौं, फाल्गुण २५ । काठमाडौंको बागबजारमा रहेको इन्लाइटन इन्टरनेशनल एजुकेशनले ५ औं संस्करणको विशेष शैक्षिक मेला लगाएको छ ।

१६ वर्षअघिदेखि सञ्चालनमा आएको इन्लाइटनले केही दिनअघि विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिलाई सहभागी गराएर विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गराएको थियो । इन्लाइटनका कार्यकारी निर्देशक दीपकराज भुसालले मेला उपलब्धिमूलक रहेको बताए । ‘विद्यार्थीले सम्बन्धित देशको विश्वविद्यालयको कोर्ष, सुविधाका साथै अन्य बारेमा प्रत्यक्ष बुझ्न पाएका छन्, जसले गर्दा विद्यार्थीलाई सजिलो भएको छ ’ कार्यकारी निर्देशक भुसालले भने ‘यो कार्यक्रमले सबैलाई फाइदा पुुगेको छ, प्रतक्ष्य कुराकानी गर्न पाएकाले कोही पनि अल्मलिनु पर्दैन ।’

भुसालले विद्यार्थीहरुलाई अध्ययनका लागि विदेशी विश्वविद्यालयमा पठाउँदा प्रशस्तै मात्रामा परामर्श दिने गरेको बताए । शैक्षिक परामर्श व्यावसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिवसमेत रहेका भुसालले शैक्षिक परामर्श व्यवसायीले आफ्नो इमानदारिता देखाएर सेवा दिँदै आए पनि कहिलेकाहीँ आलोचना हुने गरेकोमा दुःख व्यक्त गरे । ‘हामी कुनै पनि विद्यार्थीलाई बाध्य बनाएर विदेश पठाउँदैनौं, उनीहरुको पढ्ने चाहनालाई हामीले सहजीकरण गरिदिने हो ’ भुसालले भने । इन्लाइटनले अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्ड, बेलायतलगायतका देशमा अध्ययनका लागि विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्