आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

वार्षिकोत्सवको अवसरमा इन्लाइटनले दियो यस्तो अफर

admin
admin

काठमाडौं, जेठ ११ । काठमाडौंको बागबजारमा रहेको इन्लाइटन इन्टरनेसनल एजुकेशनले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘टेष्ट प्रिपरेशन बुटक्याम्प’ आयोजना गरेको छ ।

इन्लाइटनले आफ्नो केन्द्रीय कार्यालयमा जेष्ठ ९ गते शुक्रबार यो कार्यक्रम गरेको हो । कार्यक्रममा आइइएलटीएस, पीटीई, टोफेल तथा स्याटजस्ता अन्तर्राष्ट्रिय टेस्टका लागि तयारी गराइएको आयोजकले जनाएको छ । विवेक लिम्बुबाट ब्रिटिश काउन्सिलको विशेष सेसनमा, सुमनकृष्ण श्रेष्ठ पियर्सनको प्रोफेशनल सेसनमा सहभागीहरुले भाग लिएका थिए । त्यस्तै सहभागीहरुले विभिन्न विषयविज्ञहरूसँग सिधै साक्षात्कार गर्न पनि पाएका थिए ।

सहभागीहरुको उत्साहजनक उपस्थिति रहेकाले आफूहरुले गर्न खोजेको कार्यक्रमको सार्थकता भएको इन्लाइटनका प्रबन्ध निर्देशक दिपकराज भुषालले बताए । भुषालले सहभागीहरुले प्रतक्ष्य कुराकानी गर्न पाउँदा विद्यार्थीमा छाएको अलमल हटेको र भोलिका दिनमा के र कसरी पढ्ने भन्ने स्पष्ट भएको बताए ।सहभागीहरूले रिचार्ज कार्ड, मुभी टिकट र उपहार ह्याम्परहरू जित्ने मौका पनि पाएका छन् । बुटक्याम्पमा ३० प्रतिशत छुटको पनि व्यवस्था गरिएको थियो ।

 

१६ वर्षदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटनले व्यवसायिक मर्यादालाई ख्याल गर्दै काम गर्दै आएको छ । इन्लाइटनका प्रबन्ध निर्देशक भुषाल शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव पनि हुन् । इन्लाइटनले आफ्नो कार्यालयबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने स्पष्ट पारेको छ । इन्लाइटनले विभिन्न समयमा पटक–पटक विद्यार्थीको हित हुने गरी यस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्