सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

तत्काल जागिर खान नपाउने भएपछि मुख्यसचिव र सचिवहरुको शक्तिकेन्द्रमा लर्को

admin
admin

काठमाडौं, जेठ १२ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत गठित उपसमितिले निजामती कर्मचारीले अवकाश पाएपछि दुई वर्षसम्म अर्को जागिर खान नपाउने व्यवस्था गरेपछि मुख्यसचिव, सचिव र अन्य सरोकारवालाहरु तनावमा छन् ।

उपसमितिले तयार पारेको प्रतिबेदनमा दुई वर्ष ‘कुलिङ पिरियड’ राखिएको छ । ‘कुलिङ पिरियड’ दुई वर्ष राखिएपछि उनीहरुले त्यो दुई वर्षसम्म कतै अर्को सरकारी वा अन्य यस्तै प्रकारका विशिष्ट पदमा नियुक्त हुन पाउने छैनन् । उनीहरुले यो व्यवस्था हटाउन माग गर्दै प्रमुख पार्टीका प्रमुख नेतालाई भेटेर गुनासो गरेका छन् । उनीहरुले ‘कुलिङ पिरियड’ हटाउनुपर्ने भन्दै नेताहरुसँग ‘लविङ’ गर्दै आएका छन् । समिति सभापति रामहरि खतिवडाले भनें उपसमितिले तयार पारेको प्रतिबेदनमा रहेको व्यवस्था नै लागू हुने बताए । उनले आफूले मात्र यो व्यवस्था हटाउन नसक्ने भएकाले उपसमितिले नै यसलाई सच्याउनुपर्ने बताए । सचिव वा अन्य विशिष्ट पदबाट अवकाश पाएको भोलिपल्टैबाट अर्को पदमा जान पल्केका कर्मचारीहरुलाई यो व्यवस्थाले नराम्ररी पोलेको छ ।

कतिपय मुख्यसचिवले त त्योभन्दा राम्रो अवसर पाउँदा कार्यकाल सकिनुअघि नै राजीनामा दिने गरेका पनि छन् । यसो हुँदा अरुले अवसर नपाउने र सधैंले एउटैले मात्रै अवसर पाउने खतरा बढेको छ । तत्कालै अर्को पदमा जान र जागिर खानका लागि ती अवकाशप्राप्त कर्मचारीले नेताहरुसँग जस्तो पनि ‘सेटिङ’ मिलाउने गरेका छन् । हिजोको दिनमा आफूले गरेका गरेका कामको बारेमा कुनै पनि उजुरी नपरोस् वा परे पनि माथ्लो तह र पावर लाएर नै मिलाउँछु भन्ने सोचका साथ कर्मचारीहरु पुन? अर्को नियुक्तिमा जान थालेका छन् । कतिपयले भनें हिजो उनीहरु विशिष्ट कर्मचारी हुँदा देश र जनताको लागि के गरे र फेरि पनि उनीहरुलाई नै अर्को पद चाहियो ? भनेर पनि प्रश्न गरेका छन् ।

संविधानमा विभिन्न आयोगको गठन भएको छ । कतिपयले भनें त्यो आयोगमा जाने दाउ गरेका हुन्छन् । ‘कुलिङ पिरियड’ राखेर ग्याप भइसकेपछि कर्मचारीहरुको राजनीतिक वृत्तका साथै अन्यसँग सम्पर्क र सम्बन्ध टुट्दै जाने भएकाले पनि उनीहरु तत्कालै अर्को जागरिमा नियुक्त हुने सोचमा हुन्छन् । मुख्यसचिव, सचिव र अन्यले सबैजसो प्रमुख राजनीतिक दलका नेतालाई भेटेर ‘कुलिङ पिरियड’ हटाउन दवाव दिँदै आएका छन् । उनीहरुले बिहीबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई पनि भेटेर यसबारेमा चिन्ता व्यक्त गरेका थिए । उनीहरु लर्को लागेर भेटघाटमा गएको समाचार सार्वजनिक भएपछि कतिपयले भनें समाचारप्रति आपत्ति पनि जनाएका छन् । संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले मुख छोपेर हिँडेको तस्विर भनें झनै ‘भाइरल’ भएको छ । उनले अनुमतिबिना कसैको पनि तस्विर खिच्न नहुने भन्दै गुनासो पनि गरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्