शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
Uncategorized

‘काठमाडौं–४ लाई उदाहरणीय बनाउँछु’– अधिकारी

admin
admin

काठमाडौ, माघ १८ं । काठमाडौंको क्षेत्र नम्बर ४ मा उज्यालो नेपाल पार्टीको तर्फबाट प्रतिनिधिसभामा जेवि (दिपक) अधिकारीले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ ।

स्थानीय उनी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० निवासी हुन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्ना प्रमुख एजेण्डा बनाएका छन् । लामो समयदेखि शैक्षिक क्षेत्रमा रहेर योगदान दिँदै आएका उनले पार्टीका योजनाका साथै आफ्ना योजनाका बारेमा पनि स्पष्ट पारेका छन् । ‘म यही क्षेत्रको वासिन्दा हुँ, यहाँ के–के समस्या छ भन्ने मलाई थाहा छ त्यसैले आवश्यकताका आधारमा विकास निर्माणलाई प्राथमिकतामा राख्छु’ उनले भने ‘हाम्रो पार्टीको नाम नै उज्यालो भएकाले पनि यो क्षेत्रलाई उज्यालो पार्ने काम गर्छु ।’ यो पार्टीको चुनाव चिन्ह चिम रहेको छ । उनी समाजसेवामा पनि संलग्न रहँदै आएका छन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ । खेलकुदको क्षेत्रमा पनि योगदान दिँदै आएका अधिकारीले आफ्ना एजेण्डाको बारेमा मतदाताहरु स्पष्ट भइसकेको बताएका छन् ।

उनले पार्टी अध्यक्ष कुलमान घिसिङले मन्त्री हुँदा १८ घण्टा काम गरेर देखाएजस्तै आफू पनि त्यसरी नै लागिपर्ने बताएका छन् । ‘अहिले बेरेजगारीको ठूलो समस्या छ त्यसलाई कसरी व्यवस्थापन गर्ने र उनीहरुलाई कसरी रोजगारी दिने भन्ने हामीसँग खाका छ’ उनले भने ‘अहिलेसम्मका पार्टीहरुले देश र जनताको आवश्यकता नबुझेर नै यो समस्या आएको हो, एकपटक हामीलाई विश्वास गरेपछि ती सबै समस्याको समाधान हुँदै जान्छ, हामी गफले होइन काम गरेर त्यो प्रमाणित गर्ने छौं ।’ उनले मन्त्री हुँदा पार्टी अध्यक्ष घिसिङले गरेको राम्रो काम पनि मत ल्याउने अर्को आधार भएको उनले बताएका छन् । घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बनेका छन् । पार्टीले १ सय ३० वटा क्षेत्रमा उम्मेदवारी दिएको उनले बताए ।
क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० नम्बर वडाका साथै बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ १३ वडा पर्दछन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्