वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको ‘म नेपाली हुँ, मेरो देश नेपाल’ बोलको गीत सार्वजनिक
काठमाडौं । जेन्जी आन्दोलनको भावना, राष्ट्रिय पहिचान र समकालीन सामाजिक चेतना समेटिएको ‘म नेपाली हुँ, मेरो देश नेपाल’ बोलको गीत सार्वजनिक भएको छ । वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको लेखन तथा अभिनय रहेको उक्त गीत शुक्रबार काठमाडौंको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजित कार्यक्रममा औपचारिक रूपमा विमोचन गरिएको हो । जेनजी आन्दोलनका सहिद सन्तोष विश्वकर्माकी श्रीमती अम्बिका विश्वकर्मा, सहिद देवकुमार सुवेदीकी श्रीमती पार्वती अधिकारी र सहिद बुद्धिबहादुर तामाङका बुबा विष्णु बहादुर तामाङलगायतको उपस्थितिमा गीत सार्वजनिक गरिएको गीतको लेखिका सुष्मा महराले जानकारी दिइन् ।…

