देउवाको समर्थन लिने ओलीको यस्तो दाउ
काठमाडौं, फाल्गुण ३ । चुनावी प्रचारप्रसारका क्रममा झापाको क्षेत्र नम्बर ५ पुगेको नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको घरमा पैसा नजलेको बताएका छन् ।
ओलीले जनताको प्रश्नको जवाफ दिँदै त्यो पैसा जलेको भिडियो एआइले बनाएको भन्दै मानिसलाई हसाँएका छन् । आन्दोलनका क्रममा देउवाको घरमा धेरै पैसा जलेको देखिएको थियो । हुन त देउवाको सचिवालयले पनि आफ्नो घरमा पैसा जलेको कुरामा सत्यता नभएको भन्दै विज्ञप्ती प्रकाशित गरेको थियो । ओलीले यसो भनिरहँदा स्थानीयले उनलाई पटकपटक थप प्रश्न गरेका थिए । आोलीले अहिलेसम्म यो विषय नउठाउनु र आहिले निर्वाचनको मुखमा आएर यस्तो कुरा गर्नुलाई ओलीले देउवा पक्षको मत लिन खोजेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । ओली र देउवाको सम्बन्ध राम्रो छ । हिजो सरकारमा होस् वा सरकारसँगको अन्य समीकरणमा पनि उनीहरुको राम्रो तालमेल थियो ।
पछिल्लो समयमा आफूलाई हार्छु कि भन्ने लागेपछि ओली जोसँग जहिले र जस्तो पनि समीकरण गर्ने अवस्थामा पुगेका छन् । कांग्रेसले यो क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ तर पनि ओलीलाई यति भनिसकेपछि देउवाको भित्री सहयोग रहन्छ कि भन्ने अपेक्षा गर्नु पनि स्वभाविकै हो ।

