सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

घोषणापत्र , घोषणा गर्ने छोडिदिने

admin
admin

काठमाडौं, फाल्गुण ३ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरुले घोषणापत्र सार्वजनिक गर्ने गरेका छन् । केही दलहरुले आफ्ना एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरिसकेका छन् भनें मुख्य राजनीतिक दलहरुले अझै सार्वजनिक गरेका छैनन् । नाम जे राखे पनि उनीहरुले निर्वाचनलक्षित घोषणापत्र नै ल्याउने हुन् ।

हुन त घोषणापत्रमा आएका कुरालाई दलहरुले नै बेवास्ता गर्ने गरेका कारण धेरैलाई घोषणापत्रको विश्वास पनि छैन । कतिपय विकसित देशमा भनें घोषणापत्रलाई नै आधार मानेर मतदान गर्ने गरेको पाइएको छ । नेपालका राजनीतिक दलहरुले घोषणापत्रमा जति नै राम्रा कुरा उल्लेख गरेका भए पनि व्यवहारमा त्यसको कार्यान्वयन गरेको पाइदैन । निर्वाचनमा पार्टीले घोषणापत्र नै सार्वजनिक गर्नुपर्ने बाध्यता नभएको निर्वाचन आयोगले भनेको छ । कुनै पनि पार्टीले हिजोको निर्वाचनमा यो–यो घोषणापत्रमा आएको थियो यति काम गरिसकेका छौं र बाँकी काम गर्नका लागि पनि यसपटक हामीलाई मत दिनुहोला भन्न सकेका छैनन् । कसैले यसलाई प्रतिज्ञापत्र वा अवधारणापत्र पनि भन्ने गरेका छन् । नाम जे राखे पनि लक्ष्य एउटै हो कि उनीहरु यसैलाई आधार मानेर जनताको मत लिन खोजिरहेका छन् । घोषणापत्रमा सम्भव हुने कुरालाई उल्लेख गर्नु सामान्य मानिए पनि मान्छेलाई आफ्नो प्रभावमा पार्नका लागि तत्कालै गर्न सम्भव नहुने विषय पनि घोषणापत्रमा लेख्ने गरिएको छ । घोषणापत्र उम्मेदवारले घरघर लाने गरेका छन्, केहीले सामान्य ढंगले हेरे पनि धेरैलाई यसको विश्वास नहु्ने भएकाले बेवास्ता गर्ने गरेका छन् ।

दलहरुले जुनसुकै निर्वाचनमा पनि घोषणापत्र ल्याउने गर्दछन् । पहिले नै सार्वजनिक गरेका विषयलाई फेरि ल्याएर मत माग्ने उनीहरुको दाउ हुन्छ तर जनता बाठा भइसकेकाले अब भनें पत्याउनेवाला छैनन् । घोषणापत्र जनताको आँखामा ‘छारो हाने’ साधनमात्रै भएको छ । पार्टीले ल्याउने घोषणापत्रबाहेक उम्मेदवारले आफ्नो क्षेत्रलाई लक्षित गरेर पनि घोषणापत्र ल्याउने गरेका छन् । घोषणापत्रमा धेरै विषय समेट्नु भनेको त्यो उम्मेदवारले गर्ने चाहना नराख्नुजस्तै हो । सानादेखि ठूला योजना समेटेर ल्याइने गरेका घोषणापत्र केबल औपचारिकतामा नै सीमित हुने गरेको छ । घोषणापत्रमा लेखिएका कुरालाई कार्यान्वयन नभएको खण्डमा उनीहरुले जनतासँग माफी पनि माग्ने गरेका छैनन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्