शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

गौरादह नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने

admin
admin

काठमाडौं, वैशाख २७ । झापाको गौरादह नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले वैशाख २५ गते सूचना जारी गरी सुनुवाइमा उपस्थित हुन सबैलाई आग्रह गरेका छन् ।
नगरपालिकाको सूचनामा चालु आर्थिक वर्षमा गरेका कामको सार्वजनिक सुनुवाई कार्यक्रम भएकाले सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, शिक्षक, व्यवसायी, पत्रकार, नागरिक समाज तथा सरोकारवाला सबैलाई उपस्थितिको लागि निम्तो गरिएको छ । सार्वजनिक सुनुवाई वैशाख ३१ गते बिहान साढे १० बजेदेखि नगरपालिकाको सभाकक्षमा हुने जनाइएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्