शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

बुढानीलकण्ठ नगरपालिकाले जुत्ता बनाउने तालिम सञ्चालन गर्ने, निवेदन दिने अन्तिम दिन आज

admin
admin

काठमाडौं, साउन २१ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रका युवालाई सीपमूलक तालिममार्फत रोजगारीसँग जोड्ने उद्देश्यले जुत्ता बनाउने सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले साउन १४ गते सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आन्तरिक रोजगारी सिर्जना तथा प्रवद्र्धन गर्ने लक्ष्यसहित चाँगुनारायण फाउन्डेसनको सहकार्यमा २० जना सहभागीका लागि जुत्ता बनाउने तालिम सञ्चालन गर्न लागिएको हो । तालिममा सहभागी हुन इच्छुक बुढानीलकण्ठ नगरपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र नगरपालिकाको रोजगार सेवा केन्द्र (श्रम डेस्क) मा निवेदन दर्ता गर्नुपर्ने छ । निवेदन दिने अन्तिम दिन आज (साउन २१) हो । निवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, नगरपालिकाभित्र बसोबास गरेको प्रमाण खुल्ने कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र तथा जुत्ता बनाउनेसम्बन्धी अनुभव भए सोसम्बन्धी कागजातको प्रतिलिपि पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार प्राप्त निवेदनको प्रारम्भिक छनोटपछि अन्तर्वार्ताका माध्यमबाट सहभागी छनोट गरिने छ । छनोटका क्रममा नगरपालिकाका स्थायी बासिन्दा, बेरोजगार सूची तथा श्रम डेस्कमा सूचीकृत व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ ।

तालिमले स्थानीय युवामा सीप विकास गर्दै स्वरोजगार तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने नगरपालिकाले विश्वास व्यक्त गरेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्