शुक्रबार, ७ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

बाढीपीडितको उद्धारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ९१ लाख ८४ हजार सहयोग

admin
admin

काठमाडौं, भदौ २८ । विपद्पीडितको उद्धार तथा राहतका लागि यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ९१ लाख ८४ हजार रुपैंयाँ सहयोग गरेको छ ।

 

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महासंघले सहयोग गरेको महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बताए । उनले कुनै पनि एक नेपालीलाई समस्या पर्दा समस्याको निकासको लागि सबै नेपाली एकजुट हुनुपर्ने भएकाले आफूहरुले पनि सक्रियता देखाएको बताएका छन् । ‘हाम्रो यो सहयोग ठूलो नभए पनि पक्कै पनि केही सहयोग होला भन्ने सोचेका छौं’ अध्यक्ष सिटौलाले भने । महासंघले विपद्को समयमा राज्यले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा आफ्नो तर्फबाट सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । महासंघले संकलन तथा व्यवस्थापन गरेको सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
महासंघका अध्यक्ष सिटौलासहितका पदाधिकारीहरूले मन्त्री लम्साललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ । विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण सर्वसाधारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धारका लागि आवश्यक स्रोत जुटाउन सहयोग गरिएको महासंघको भनाइ छ । विपद्का कारण यातायात व्यवसायी तथा व्यवसायसँग आबद्ध श्रमिकहरूले समेत विभिन्न समस्या र क्षति व्यहोर्नुपरेको अवस्थामा महासंघले पीडित नागरिकको सहयोगलाई प्राथमिकता दिएको हो ।

 

महासंघले विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायतका राहत उपलब्ध गराउन राज्यको प्रयाससँगै निजी क्षेत्र र विभिन्न संघसंस्थाको समेत सहकार्य आवश्यक रहेको जनाएको छ । विपद् प्रभावित नागरिकको जीवन सहज बनाउन राज्यका निकायले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा सबै क्षेत्रबाट सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिँदै महासंघले आगामी दिनमा पनि आवश्यक सहयोगका लागि आफूहरू तयार रहेको जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्