बुधबार, ५ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

शंकरले पनि केपीलाई त्यसो भनेपछि…..

admin
admin

काठमाडौं, असोज ४ । नेकपा एमालेका महासचिव पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिन्थे तर अहिले भनें उनीहरुबीच दूरी बढेको छ ।
ओली फेरि पनि अध्यक्ष भएजस्तै पोखरेल पनि फेरि निर्वाचन जितेर महासचिव भएका हुन् । ओली र पोखरेलबीचको सम्बन्ध देखेर धेरैले ‘डाहा’ गर्थे तर अहिले भनें पार्टी रुपान्तरणको पक्षमा पोखरेल कडाइका साथ लागेपछि ओली रिसाएका छन् । भोलिदेखि एमालेको केन्द्रीय कमिटीको बैठक सुरु हुँदैछ ।

महासचिव पोखरेलले पछिल्लो समयमा पटकपटक ओलीको नेतृत्व असफल भइसकेको सार्वजनिक रुपमा नै भन्दै आएका छन् । बिहीबार ओलीको निवास भक्तपुरको गुण्डुमा पनि पोखरेलले यस्तै तितो शब्द बोलेर ओलीलाई चेतावनी दिए । ‘म तपाइको कारिन्दा होइन, म त एमालेको सिपाही हुँ’ भनेर पोखरेलले ओलीलाई भनेको एक नेताले बताए । पोखरेलसँगै उपाध्यक्ष विष्णु पौडेल पनि ओलीको विपक्षमा छन् तर ओलीसँगै भएका कारण धेरैपटक धेरै अवसर पाइसकेकाले पौडेल भनें कठोर रुपमा प्रस्तुत भएका छैनन तर ओलीलाई हटाउने कुरामा दुबैजना एकमत छन् । पौडेल र पोखरेल दुवैले आफूलाई भावी अध्यक्षको दाबी गर्दै आएका छन् ।

ओलीको कारण नै पार्टी कमजोर भएको भनेर यत्रो आलोचना हुँदा पनि ओलीले यसलाई सुनेका छैनन् । अझ ओली त आफू अध्यक्ष भएका कारणले नै एमालेको ‘साख’ बचिरहेको भन्न पछि पर्दैनन् । हिजोको दिनमा एमालेको अवस्था कस्तो थियो र आज कहाँ पुग्यो भन्ने कुरा ओलीले कल्पनासमेत गरेका छैनन् । गत फाल्गुणमा भएको प्रतिनिधिसभाको निर्वाचनमा एमाले नराम्ररी पराजित भएको छ । ओलीले यसलाई गम्भीर रुपमा लिएका पनि छैनन् । अहिले धेरैजसो प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ । नेकपाको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । उनीहरुले सहमतिमा सरकार बनाउनेसँगै पार्टी एकता पनि गर्ने बताउँदै आएका छन् तर पहिले पनि दुई पार्टीबीच एकता भएकाले फेरि पनि उनीहरु लामो समयसम्म मिलेर जालान् भन्नेमा धेरैलाई विश्वास छैन ।

एमाले र नेकपा मिलाएर नयाँ पार्टी बनाउने योजनामा ओली छन् । आफूलाई पार्टी चलाउन निकै असहज भइसकेकाले प्रचण्ड पनि यो कुरा मान्ने पक्षमा नै छन् । आफूले छोड्नुपरेको खण्डमा ओलीले शंकर वा विष्णुलाई अध्यक्ष छोड्नु वा कुनै प्रक्रियाबाट दिनुभन्दा पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एकीकृत पार्टीको अध्यक्ष बनाउन चाहेका छन् । भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि एमाले उपाध्यक्ष थिइन् । प्रचण्डका लागि पनि यो प्रस्ताव स्विकार्ने खालको छ भनें एमाले महासचिव यो कुरा स्विकार्ने पक्षमा छैनन् किनभनें उनी अध्यक्षको दाबेदार हुन् ।

पछिल्लो समयमा एमालेभित्र देखिएको बिबादले उग्ररुप लिएपछि ओली निकै अप्ठ्यारोमा परेका छन् । एकीकृत पार्टीमा ओली र दाहाल दुबैजना प्रमुख सल्लाहकार रहने सम्भावना छ भने महासचिवको रुपमा नेकपाका नेता वर्षमान पुन देखापरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्