बिहीबार, ६ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

दुर्गा प्रसाइले नयाँ पार्टी खोल्ने

admin
admin

काठमाडौं,असोज ४ । सामाजिक अभियान्ता दुर्गा प्रसाइले नयाँ पार्टी खोल्ने भएका छन् । उनले पार्टी निर्माणको लागि धेरैजसो तयारी सकिएको बताएका छन् ।
केही दिनअघि निर्वाचन आयोगमा दर्ता भएको ‘जय नेपाल पार्टी’ मा उनी पनि प्रमुख नेताको रुपमा नै रहने भजिए पनि अन्तिम समयमा आएर उनी त्यता गएका थिएनन् । केहीकेही कुरामा गम्भीर असहमति भएकाले त्यो पार्टीमा नगएको उनले बताएका छन् । ‘धेरै कुरा भइसकेको थियो तर पनि केही कुरा सुरुमै मिलेन त्यसैले त्यता जान सकिएन, अब चाँडै नै नयाँ पार्टी घोषणा हुन्छ’ उनले भने ‘पार्टीको नाम र निर्वाचन चिन्ह पनि लगभग निश्चित भइसकेको छ ।’ प्रसाइले पार्टी गठन गर्ने बेलामा नै सबै पक्षसँग छलफल गरेका छन् । छलफल गरेर आएको सल्लाह अनुसार नै पार्टीको नाम र अरु कुरा निर्धारण हुने उनले बताए । प्रसाई आजभोलि दैनिकजसो घरमा नेता तथा शुभेच्छुकहरुसँग छलफल गर्दै आएका छन् ।

‘मैले पार्टी स्थापना गर्ने हो त्यो पार्टीका नेता त अरु पनि धेरै हुँदै हुनुहुन्छ’ उनले भने ‘पार्टी घोषणा गर्दा र निर्वाचन आयोगमा दर्ता गर्दा नै केही सन्देश दिनेगरीको योजना छ ।’ प्रसाइले पार्टी खोल्ने भनेपछि हिजोको दिनमा अरु पार्टीको मुख्य भूमिकामा रहेका वा नरहेका र अरु पनि नियमित भेटघाटमा छन् । आफ्नो पार्टीको नीति, सिद्धान्त र विचार राम्रो भएकाले पार्टीमा राम्रो सहभागिता हुने उनले विश्वास गरेका छन् । राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा बोल्दै आएका प्रसाइले जुनसुकै विषयमा पनि आफ्नो कुरा प्रष्टरुपमा राख्दै आएका छन् । जनताका सानाभन्दा साना विषयलाई पनि प्रमुख रुपमा उठाउने गरेका उनी जनताको प्यारो बनेका छन् । ‘मलाई केहीको पनि लोभ छैन, जति सकिन्छ गरौं भन्ने हो, मेरो राजनीतिले मलाई होइन देश र जनतालाई नै दिन्छ’ उनले भने ‘हाम्रो एजेण्डा प्रष्ट हुन्छ, देश र जनताको विषय उठाउने भएकाले कसैले पनि दायाँबाँया सोच्नु पर्दैन ।’

प्रसाई जनताको आवाज बोल्दा पटकपटक पक्राउ परेका छन् । उनले आफूलाई विभिन्न आरोप लगाउँदै सरकारले दुःख दिएको बताएका छन् । उनले विशेषगरी सर्वसाधारण नागरिकको पक्षमा वकालत गरेका छन् त्यसैले पनि उनी सबैको साझा बन्न सफल आएका छन् । झापाका प्रसाई मेडिकल व्यवसायी हुन् । यसअघिको सरकारले व्यवसाय सञ्चालन गर्ने र सम्बन्धन दिने कुरामा पटकपटक दुःख दिएको भन्दै उनले सरकारलाई जनतामैत्री नीति, नियम बनाउन पनि सुझाव दिएका छन् ।
आफूले सुरु गरेको जुनसुकै आन्दोलन र अभियानमा पनि जनताको साथ बढ्दै गएपछि प्रसाई उत्साहित भएका छन् । उनले जिवनभर जनता र देशको हित हुने काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘म नचाहिँदो कुरा बोल्दिन, जे गर्न सक्छु त्यो बोल्छु, अरुले जस्तै ढाँटेर, छलेर खानुपर्ने छैन’ उनले भने ‘नयाँ पार्टीमा आएर सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।’

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्