शुक्रबार, ७ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

सतर्क रहन हेटौंडा उपमहानगरपालिकाको अनुरोध

admin
admin

काठमाडौं, असोज ८ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक सूचना जारी गरी मौसम प्रतिकुल हुने भन्ने सूचना प्राप्त भएकाले सतर्कता अपनाउन सम्पूर्ण उपमहानगरवासीमा अनुरोध गरेको छ ।

उपमहानगरपालिकाले असोज ७ गते प्रकाशित गरेको सूचनामा मौसम पुर्वानुमान महाशाखाबाट जारी सूचना अनुसार असोज ९ गतेदेखि ११ गतेसम्म पानी पर्ने खतरा भएकाले सतर्क रहन अनुरोध गरेको हो । उपमहानगरपालिकाले पानीको कारण पहिरो जाने, बाटो भत्किने, खोलानालामा ठूलो बाढी आउने र ठूलो धनजनको क्षति हुनसक्ने भएकाले आवश्यक काममा बाहेक घरबाहिर हिँडडुल नगर्न, खोलानाला छेउमा नजान र घरमा बस्दा पनि सतर्क भएर बस्न पनि अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकासहित धेरे ठाउँमा बिहीबारदेखि पानी परिरहेको छ । हेटौंडाकी मेयर मिना लामाले बिहानैदेखि हेटौंडा वरपरको क्षेत्रमा पानी परिरहेको बताइन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्