शुक्रबार, ७ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

गगनले गाडी गुडाएपछि शेरबहादुर, शसांक र शेखरहरु समस्यामा

admin
admin
Gagan Kumar Thapa

काठमाडौं, असोज ११ । नेपाली कांग्रेसले असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा पार्टीको १५ औं महाधिवेशन गर्दैछ । महाधिवेशनका लागि कांग्रेसले असोज ३ र ३ गतेबाट वडा अधिवेशन सुरु गरेको हो ।

केही वडाबाहेक प्रायःजसो सबैतिर अधिवेशन भएको छ । कांग्रेसले केही ठाउँमा हिजो केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन गरेको थियो भनें केहीमा आज हुँदैछ । कांग्रेसले जिल्ला र प्रदेश कार्यसमितिको निर्वाचन भनें केन्द्रीय महाधिवेशनपछि मात्रै गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि गठित निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनका लागि कुनै समस्या नभएको बताएका छन् । उनले निर्धारित मितिमा नै महाधिवेशन गर्नेगरी सम्पूर्ण तयारी भइसकेको जनाएका छन् । कांग्रेसको यो महाधिवेशनबाट धेरैजसो ठाउँमा युवाहरु नेतृत्वमा आएका छन्, यसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

गत पौषको अन्तिममा काठमाडौंमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका थिए । उनले नै अहिले फेरि नियमित महाधिवेशन गराउने भएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरले भनें यो महाधिवेशनलाई बैधता दिएका छैनन् । उनीहरुले सर्वोच्च अदालतमा पार्टीको अािधकारिकताको विषयमा मुद्या हालेका छन् । देउवा अझै पनि आफू नै कांग्रेसको सभापति रहिरहेको दाबी गर्छन् । केही दिनअघि देउवाले ७ बुँदे अपलि जारी गर्दै अहिले हुने भनिएको महाधिवेशनमा भाग नलिन सबैलाई आग्रह गरेका थिए । उनले आफु १४ औं महाधिवेशनबाट सभापति भएकाले आफ्नै नेतृत्वमा अर्को महाधिवेशन गर्ने इच्छा रहेको बताएका थिए । देउवा पक्षले पनि असोजको दोस्रो सातादेखि महाधिवेशन गर्नेगरी कार्यतालिका प्रकाशन गरिसकेको छ । अहिले हुने महाधिवेशनमा आफ्ना पक्षका नेता तथा कार्यकर्ता पनि सहभागी हुनसक्ने खतरालाई रोक्न पनि त्योपक्षले महाधिवेशनको कार्यतालिका प्रकाशन गरेको हुनसक्ने बताइएको छ ।
देउवा जेनजी आन्दोलनमा घाइते भएपछि उपचारका लागि भन्दै गत फाल्गुणमा सिंगापुर गएका थिए । देउवा नेपालमा हुँदा नै कांग्रेसको विशेष महाधिवेशन भएको हो । जेनजी आन्दोलनपछि देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । पछि सशांक कोइरालालाई उनीहरुले संयोजक चयन गरेर पार्टीलाई पुनर्गठन गरेर जाने बताए । त्यसपछि देउवाखेमाको संयोजक कोइराला बने । उता गत महाधिवेशनमा सभापतिको उम्मेदवार भएका शेखर कोइरालाले पार्टीलाई मिलाएर लाने भन्दै अभियान चलाए । उनी कुनै पक्षमा पनि लागेका थिएनन । उनले अभियान चलाएको भने पनि अभियान अन्तर्गत के–के काम भए भन्ने पनि देखिएन ।

कांग्रेसले महाधिवेशन गर्ने तयारी गरेपछि हिजोको दिनमा कांग्रेसको राजनीति गरेर विभिन्न फाइदा र अवसर लिएकाहरु भनें अहिले संकटमा परेका छन् । यो महाधिवेशमा थापा नै फेरि पनि सभापति बन्ने सम्भावना छ । अर्को पक्षलाई सर्वोच्चले के गर्छ त्यो भनें हेर्न बाँकी नै छ । देउवाखेमा अर्को पार्टी गठन गरेर जान सक्ने अवस्थामा पनि नभएकाले उनीहरु एकपछि अर्को संकटमा पर्दै आएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्