शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

गगन गएपछि राजनलाई छुट भएन

admin
admin

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा प्रतिनिधिसभाको उम्मेदवार बन्न गएपछि नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई केही सहज भएको छ ।

हिजोको दिनमा थापासँग भट्टराई पराजित हुँदै आएका थिए । गत प्रतिनिधिसभाको निर्वाचनमा थापा र भट्टराइको मतमा निकै ठूलो अन्तर रहेको थियो । भट्टराई नै निकटतम प्रतिस्पर्धी भए पनि निकटतम प्रतिस्पर्धी भन्दा पनि लाज हुने अवस्था थियो भट्टराइको । थापा केही दिनअघिमात्रै नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । थापाले काठमाडौं–४ बाट २०७०, २०७४ र २०७९ सालको संसदीय निर्वाचन जितेका थिए । राजन भनें २०७४ र २०७९ को मात्रै उम्मेदवार थिए । राजनले सधैं निर्वाचन हारिरहँदा किन हार्छन् भनेर मानिसले प्रश्न उठाउँदै आएका थिए तर अहिले भनें थापा काठमाडौं–४ छोडेर सर्लाही गएका छन् । सर्लाहीमा उम्मेदवार बन्ने निर्णय पनि उनले ढिलो गरेका थिए । काठमाडौं–४ मा फेरि पनि गगन नै उम्मेदवार भए आफू उम्मेदवार नबन्ने अवस्थामा भट्टराई रहेको एमालेकै नेता तथा कार्यकर्ताले बताएका थिए तर गगनले छोडेपछि राजन उम्मेदवार भएका छन् । हिजोका दिनमा राजनले गगनले अनेक गरेर निर्वाचन जित्ने गरेकाले मैले जितिन भन्दा छुट पाउने अवस्था थियो तर अब गगन उम्मेदवार नभएपछि भनें राजनलाई हारेपछि दिने कुनै जवाफ छैन ।

राजन नेकपा एमालेका सचिव पनि हुन् । गत मंसिरमा भएको महाधिवेशनबाट उनी सचिवमा निर्वाचित भएका हुन् । उनले सचिव मतदानबाट नै जितेका हुन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १, ७, ८ र ३० तथा बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । एमालेको जनाधार राम्रै भएको क्षेत्रका रुपमा यी क्षेत्र पर्दछन् । एमालेका पदाधिकारीमध्ये अहिलेसम्म संसदीय निर्वाचन कहिल्यै पनि नजितेका राजन नै मात्र हुन् । पदाधिकारीमध्ये कसैले प्रदेश र संसदीय निर्वाचन नै जितेका छन् भनें राजनले निर्वाचित सांसद बन्ने अवसर पाएका छैनन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्