‘काठमाडौं–४ लाई उदाहरणीय बनाउँछु’– अधिकारी
काठमाडौ, माघ १८ं । काठमाडौंको क्षेत्र नम्बर ४ मा उज्यालो नेपाल पार्टीको तर्फबाट प्रतिनिधिसभामा जेवि (दिपक) अधिकारीले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ । स्थानीय उनी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० निवासी हुन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्ना प्रमुख एजेण्डा बनाएका छन् । लामो समयदेखि शैक्षिक क्षेत्रमा रहेर योगदान दिँदै आएका उनले पार्टीका योजनाका साथै आफ्ना योजनाका बारेमा पनि स्पष्ट पारेका छन् । ‘म यही क्षेत्रको वासिन्दा हुँ, यहाँ के–के समस्या छ भन्ने मलाई…

