आफ्ना विद्यार्थी र प्राध्यापक सांसद र विज्ञ भएपछि कान्तिपुर सिटी कलेजले गर्यो सम्मान
काठमाडौं,वैशाख ६ । काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले प्रतिनिधिसभाका सांसद र सरकारद्वारा विभिन्न ठाउँमा नियुक्त विज्ञ व्यक्तिलाई सम्मान गरेको छ । हालै क्याम्पसमा आयोजित एक विशेष समारोहमा केसीसी पूर्व विद्यार्थी समाजको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु जगदीश खरेल (दोलखा–१), सचेतक प्रकाशचन्द्र परियार, नेपाली कांग्रेसको तर्फबाट इलाम–१ बाट निर्वाचित निश्कल राईका साथै प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहाल, प्रधानमन्त्रीका फोटोग्राफर विनय शाक्य, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश प्रसाद आचार्यलगायतलाई क्याम्पसले सम्मान गरेको हो…

