‘मायाका मिठा कुरा’ सार्वजनिक
काठमाडौं, असार ३१ । संगीतयात्रामा आफ्नो अलग पहिचान बनाउन संघर्षरत उदीयमान गायक आकाश आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘मायाका मिठा कुरा’ सार्वजनिक भएको छ । प्रतिभाशाली गायिका अस्मिता अधिकारीसँगको युगल गायनमा तयार भएको यो गीतमार्फत आकाशले फेरि एकपटक आफ्नो गायन क्षमतालाई प्रमाणित गरेका छन् । उज्ज्वल सागरको संगीत र विश्व अधिकारीको एरेञ्जमा तयार भएको गीतमा आकाश आचार्य स्वयंले मुख्य अभिनय पनि गरेका छन् । मिशेल घिमिरेसँगको रोमान्टिक केमेस्ट्रीले भिडियोलाई झनै आकर्षक बनाएको छ । गीतको निर्देशन चर्चित निर्देशक निर्मल पौडेलले…

