समाजसेवी मिना राजवंशीद्धारा लायन्स क्लवलाई सहयोग
काठमाडौं । समाजसेवी मिना राजवंशीले लायन्स क्लव अफ काठमाडौं सिद्धार्थ प्यालेसलाई दुई वटा ह्वील चेयर निःशुल्क रुपमा प्रदान गरेकी छिन् । भद्रपुर–६ झापा निवासी राजवंशी धेरै वर्षदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । उनले प्रदान गरेको ह्वील चेयर झापा गौरादहको श्री सूर्योदय आधारभूत विद्यालयका विद्यार्थीलाई वितरण गरिएको लायन्सका अध्यक्ष कोषराज गिरीले बताए । राजवंशीले व्यक्तिगत र संस्थागत तर्फबाट विभिन्न व्यक्ति र संघसंस्थालाई पनि यस्तै सहयोग गर्दै आएकी छिन् । ‘उहाँको यो सहयोगप्रति हामी ऋणि छौं, चाहियो भनेर भन्नेबित्तिकै ह्वीलचेयर…

