सरकारले घर अवस्थित उद्योगको प्रवर्दन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
काठमाडौं, भदौ ११ । तीनै तहका सरकारले लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको प्रवर्दन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । हालै नेपाल घरेलु तथा साना उद्योग महासंघ र होमनेट नेपालको संयुक्त आयोजनामा काठमाडौंमा भएको नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगहरुको प्रवर्दनबाट मात्रै अर्थतन्त्र मजबुत बन्ने भएकाले यी क्षेत्रहरुको…

