लिटिल बुद्धज एकेडेमी हलमा ग्लोरी किडसका बालबालिकाहरुको सिकाई नमुना प्रस्तुती
काठमाडौं । डल्लु स्थित लिटिल बुद्धज एकेडेमी हलमा प्रशिक्षणरत ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले प्रस्तुती दिनुभएको छ। संविधान दिवसको अवसरमा असोज तीन गते उहाँहरुले सिकाई नमुना प्रस्तुती गर्नुभएको हो । एन प्याब्सनका बागमती प्रदेश अध्यक्ष एवम् लिटिल बुद्धज एकेडेमीका प्रिन्सिपल नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक एवम् विद्यालय व्यवस्थापन सम्बद्ध अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम माझ बालबालिकाहरुले इभेन्टसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि कार्कीले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले…

