लक्ष्मी थिममा फेसियल हाउसबाट आकर्षक फोटो सुट
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीहरूको दोस्रो महान चाड तिहारको अवसर पारेर ‘लक्ष्मी थिम’मा आकर्षक फोटो सुट गरेको छ । विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि ‘लक्ष्मी थिम’मा फोटो सुट गरेको हो । नेपालको मौलिक संस्कृति झल्किनेगरी धनकी देवी लक्ष्मी माताको स्वरुपमा फोटो सुट गरिएको र सो कार्यलाई सबैले प्रसंशा गरेको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा…

