तारकेश्वर नगरपालिका वडा नं १० मा साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाण्डौं । असार १५ । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तनका निम्ती सहकार्य नेपालद्धारा शुक्रबार साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी ब्याङक्वेटमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रहरीको साइबर व्युरोद्धारा साइबर अपराधका बिषयमा विशेष प्रस्तुती रहेको थियो । दुई सत्रमा चलेको कार्यक्रममा साइबर व्युरोका डि.एस.पी जनार्दन घिमिरे र इन्सपेक्टर देव वहादुर भण्डारीले सहभागीहरुलाई बढदो साइबर अपराधका घटना र त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा…

