प्रदेश नै नमान्ने राप्रपाको छलफल पनि प्रदेशस्तरीय
काठमाडौं । प्रदेशको खारेजीको मागलाई प्रमुख एजेण्डा बनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले छलफल भनें प्रदेशस्तरीय गरेको छ । हिजोबाट सुरु भएर भोलि सकिने केन्द्रीय कार्यसमितिको बैठकमा सामूहिक छलफल गर्न भन्दै प्रदेशस्तरीय बेग्लाबेग्लै समूह बनाइएको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार सातैवटा प्रदेशका अलग–अलग समूह बनाएर छलफल गरिएको हो । छलफलमा उठेका कुरालाई टोलीनेताले व्याख्या गरेका थिए । छलफलमा सदस्यहरुले दिएका सुझावलाई पनि टोलीनेताले बङ्ग्याएर आफ्ना मनगढन्ते धारणा राखेको भनेर पनि आलोचना भएको छ । केन्द्रीय समितिको बैठक…

