ओम्नी काण्डमा जोडिने को–को ?
काठमाडौं । बहुचर्चित ओम्नी प्रकरणको फेरि चर्चा हुन थालेको छ । कोरोना महामारीको बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भनेर चर्चा पाएको यो प्रकरण अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पुगेको छ । समितिले यससम्बन्धी के भएको हो भनेर खोजी गर्न थालेको छ । समितिले कोरोना महामारीकोे समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग मागेको छ । समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि समितिले अध्ययन गरिरहेको जनाइएको छ । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक…

