डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको मूल्य बढे पनि नेपालमा बढेन
काठमाडौं, कात्तिक १५ । सरकारले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो । बुधबार बिहानदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने काठमाडौं पोखरा र दिपायल तेस्रो…

