माओवादीको नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, १६ भदौ । आफ्नो पार्टीले गरेको गल्तिलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियानमार्फत् जनतामाझ गएको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज बिहान जनतासँग माओवादीः विषेश रुपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो विराएकाप्रति आजबाट आत्मआलोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरु सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफि माग्न आग्रह गरे । उनले भने, ‘हामीले जनतालाई विस्वास दिलाउनु पर्दछ,…

