एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने योजना छ – वागमती सरकारका प्रवक्ता श्रेष्ठ
काठमाडौं, साउन १३ । वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल बनाउन कारखाना खोल्ने योजना रहेको बताएका छन् । आज आफ्नो गृहजिल्ला सिन्धुलीमा आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तहहरुको समन्वयमा प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने स्पष्ट पारेका हुन् । ‘रासायिनक मलले वातावरण बिग्रिने, उत्पादन नहुने र भोकमरीको अवस्था हुने खतरा बढ्दै गएको छ, यसर्थ रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग…

