भगिनी सम्बन्ध स्थापित गर्दै विश्व निकेतन मावि
काठमाडौं, ३ साउन । काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविले देशैभरका विद्यालयसँग भगिनी सम्बन्ध स्थापित गर्दैछ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले कहिले आफूहरु गएर त कहिले आफूहरुको विद्यालयमा आएर दुई विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गर्दै गरेको बताए । प्रधानाध्यापक कडेल नेतृत्वको समूहले पटक पटक विभिन्न जिल्लाका विद्यालय पुगेर त्यहाँ भएका शैक्षिक गुणस्तरका बारेमा जानकारी लिँदै आएको छ । आफ्ना विद्यालयमा अवलम्बन गरिएका असल अभ्यासहरु आदानप्रदान गर्ने क्रममा हिजो विश्व निकेतनले झापाको कमल गाउँपालिकाका शिक्षा विभाग प्रमुख सुर्यप्रसाद न्यौपाने, गाउँपालिकाको वडा…

