गोकर्णेश्वरको वडा नम्बर ८ मा तिज प्रतियोगिता हुने, वडाध्यक्षद्वारा सूचना जारी
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा तिज प्रतियोगिता हुने भएको छ । वडाध्यक्ष नन्दलाल श्रेष्ठले साउन २५ गते सूचना जारी गरी प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् । स्थानीय छहारी सांस्कृतिक कलाकेन्द्रले भदौ १९ गते तिज प्रतियोगिता गर्ने सूचनामा जनाइएको छ । छिमेकी दरवार नारायणटारमा प्रतियोगिता हुने छ । वडाको सूचनामा वडामा रहेका विवाहित महिलाहरुले प्रतियोगिताका लागि ३ जनासँग समन्वय गर्न पनि अनुरोध गरिएको छ ।

