उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग पुर्याएबापत सञ्चारकर्मी रामजी बगाले विशेष सम्मानित
काठमाडौं । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ। उक्त पुनर्निर्माणमा सञ्चार माध्यमको तर्फबाट उल्लेखनीय सहयोग र सक्रियता देखाएबापत जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एआईजी दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले संयुक्त रूपमा प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरेका छन्। सम्मान ग्रहणपछि सञ्चारकर्मी बगालेले भने, “यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको श्रोत बनेको छ। यसले मेरो मनोबल र जिम्मेवारी दुबै…

