१० अर्बको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक
काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको हो । बोलकबोलका माध्यामकबाट निर्धारण गरिने उक्त ऋणपत्रको व्याजदर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा…

