गोरखा–२ का प्रदेश (क) का कांग्रेस सभापति गुरुङ कारागार चलान
काठमाडौं । गोरखाको क्षेत्र नम्बर २ को (क) प्रदेशका सभापति नारायण भनिने दीर्गमान गुरुङ कारागार चलान भएका छन् । सरकारी दस्तखत किर्ते कुसरमा उनलाई कैद सजाएको लागि काठमाडौैको डिल्लीबजार कारागार पठाइएको छ । गुरुङलाई काठमाडौंको सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको थियो । साविकको आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ (हाल पालुङटार नगरपालिका ३ ) निवासी गुरुङलाई अदालतमा पेश गराई कारबाहीको लागि कारागार पठाइएको जनाइएको छ । २०६१ जेष्ठ १८ गते अदालतले एक वर्षका लागि कैद सजाय सुनाएको थियो । पक्राउ…

